विकेश बस्नेत
असोज १२, काठमाडौ ।

निरन्तर परेको वर्षादका कारण शनिबार साँझ ७:३० सम्म देशभर ६६ जनाको मृत्यु भएको छ भनी ६० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । 
त्यस्तै ६९ जना अहिलेसम्म बेपत्ता रहेका छन् भनी ३ हजार जनाको उद्दार गरेको पनि प्रहरीले जनाएको छ । देशका मुख्य राजमार्ग सहित अधिकांश सडकहरू अवरुद्ध भएकोले यात्रामा निस्कदा सडकको बारेमा सूचना लिएर हिडन प्रहरीले सबैसँग आग्रह समेत गरेको छ । क्षतिको एकिन विवरण आउन भने अझै केही दिन लाग्ने देखिन्छ।













