असोज १२ , सिन्धुली ।
सिन्धुलीको दुम्जा स्थित आदिलिङ्ग कुशेश्वर मन्दिर परिसरमा रहेकाे गुरूकुलका विद्यार्थी र गुरु सहित ३३ जना नदि बिचमा फसेका छन् । त्यहाँका गुरु नारायण घिमिरेले दिएको जानकारी अनुसार उद्वारका लागि कतैबाट पहल, सम्पर्क नभएको गुनासाे गर्दै उनले छिटाे उद्धार गरिदिन आग्रह गरेका छन ।

सुनकाेशी किनार र राेशीखाेलाकाे दाेभानस्थित कुशेश्वर मन्दिरसम्म सुनकाेशीकाे सतह पुगेकाे उनले बताए । राेशी खोलाले मन्दिरकाे पूर्वतर्फकाे पर्खाल ढालेर निरन्तर कटान गरिरहेकाे जनाइएको छ । २०११ साल, २०२८ साल, २०४१ सालपछि सबैभन्दा ठूलाे बाढी यसपटक राेशीखाेला र सुनकाेशीमा आएकाे स्थानीय बुढापाकाले बताएका छन ।












