असोज १२, काभ्रे ।

बीपी राजमार्गको धुलिखेल_ नेपालथोक सडक खण्ड अन्तर्गत सुनकोसी गाउँपालिका-१ नेपालथोक नजिक रोशी खोलाको बाढीले करिब ६० मिटर सडक बगाएपछि शनिबार बिहानैदेखि यातायात पूर्णरुपमा अवरुद्ध भएको छ ।

कालोपत्रे सहितको सडक बगाएर खोलाको बाढी भित्तामा नै पुगेकाले नघटेसम्म यातायात सञ्चालन हुन नसक्ने सिन्धुली प्रहरीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । बीपी राजमार्गमा घेरै ठाउँमा पहिरो झरेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ ।

यससगै काठमाडौ बाट आफ्नो गन्तव्यमा  हिडेका सर्वसाधारणहरु बिच बाटैबाट काठमाडौ नै फर्किएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय