नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारविरुद्धको अभियानलाई निस्तेज पार्न  लागेकोआरोप लगाएका छन् । उनले ओली सरकार गठन भएको सय दिन पुग्न बाँकी रहेको भएपनि प्ररम्भिक रुझान हेर्दा सारा ध्यान सुशासनविरुद्ध रहेको आरोप लगाएका हुन् ।

‘यो सरकार सुशासन होइन अघिल्लो सरकारले थालेको सुशासन बिथोल्न उद्यत देखिन्छ । अहिले हामी अध्ययन मात्र गरिरहेका छौँ । सय दिनपछि सूक्ष्म ढङ्गले अगाडि बढ्छौ । प्रथम दृष्टिमै यो सरकार प्रतिगमततर्फ गएको छ । मुख्यतः भ्रष्टाचारविरुद्धको अभियानलाई निस्तेज पार्न नै सारा तागत लगाइराखेको छ । अहिले राष्ट्रियता, लोकतन्त्र, जनजीविकाको सवालमा जुन परिस्थिति निर्माण भएको छ । त्यो चुनौतीको सामना गर्न सय दिनपछि पार्टीले सम्पूर्ण ध्यान केन्द्रित गर्नेछ’, उनले भने । ‘भ्रष्टाचार लगायतका विषयमा फाइल खोल्ने होइन बन्द गर्न, भ्रष्टाचारीलाई कारबाही गर्नभन्दा पनि उनीहरूलाई संरक्षण गर्नतिर देखिएको छ । राम्रो काम गर्नेलाई दण्डित गर्ने जस्तो, टंकलाइन र डेडिकेटेड लाइनमा विद्युत् प्राधिकरणका कार्यकारी प्रमुखलाई कारबाही गर्न उद्धत हुनु, मेरिटोक्रेसीबाट आएका त्रिभुवन विश्वविद्यालयका भिसीलाई काम गर्न अवरोध गर्नु यी सबै कुराले वास्तवमा सरकार प्रतिगमनतिर नै उद्यत रहेको देखिन्छ’, सापकोटाले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय