असोज ६ , २०८१

इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको वेष्टब्याङ्कको रमुल्लामा रहेको न्यूज च्यानल ‘अल जजिरा’को कार्यालयमा छापा मारेको छ । आइतबार बिहान हतियारधारी इजरायली सैनिकहरु न्यूज च्यानलको कार्यालयमा प्रवेश गरेका थिए । उनिहरुले ४५ दिन कार्यालय बन्द गर्न समेत आदेश दिएका छन ।

सैनिकहरुले अल जजिराका वेष्टब्याङ्क ब्यूरोका प्रमुख वालिद अल ओमारीलाई कार्यालय बन्द गर्न आदेश दिएको अल जरिजाले जनाएको छ । उनका अनुसार आतंकवादलाई समर्थन गरेको र बढावा दिएको आरोप लगाइएको छ । अल ओमारीले भने यसरी सञ्चार माध्यमहरु लाई निशाना बनाउनुको उद्देश्य मानिसहरुलाई सही सूचना दिनबाट रोक्नु भएको बताएका छन् ।


गत मे महिनाको सुरुवातमा पनि नजरथ र पूर्वी जेरुसेलमको अल जजिराको कार्यालयमा छापा मारिएको थियो अप्रिलमा इजरायलको संसदले एउटा कानुन पास गरेको थियो, जसमा राष्ट्रिय सुरक्षाका लागि खतरा मानिएको विदेशी च्यानलको प्रसारण अस्थायी रुपमा बन्द गर्न सक्ने अधिकार सरकारलाई दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय