असोज ६, २०८१ काठमाडौँ ।

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी देखिएकोले कारबाही हुनुपर्ने बताएका छन् । उनले रवि लामिछानेलाई फ्रड व्यक्तिको संज्ञा समेत दिए ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वमन्त्री प्रधानले लामिछानेको आचरण पनि नराम्रो रहेको टिप्पणी गरे । उनले भने,‘रवि लामिछाने सबभन्दा फ्रड मान्छे । लाजशरम केही पनि छैन । उनको नागरिकता नै दोहोरो छ । राहदानी नै दोहोरो, आचरण नै खत्तम छ । महिलाप्रति आचरण नै खराब छ । अहिले हेर्नुहोस् त क्लिन–चिट भनेर कत्रो स्वर ? चितवनका जनतालाई अब हामीले सोध्नुपर्छ कस्तो मान्छे जिताएर पठाएको भनेर ?’ प्रधानले झुट सधैं नटिक्ने बताउदै अहिले रास्वपाका साम्सदहरु रबि लाई बचाइ दिन आग्रह गर्दै काङ्ग्रेस-एमाले नेताको घरघरमा पुग्ने गरेको आरोप लगाए ।











