असोज ५ , २०८१ काठमाडौ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) केन्द्रीय निर्देशन समितिका अध्यक्ष तथा पुर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले दरबारमार्ग स्थित रैथाने कृषि हाटबजारको अवलोकन गर्दै रैथाने बजार अर्थतन्त्रको मेरुदण्ड हुनसक्ने बताए ।


स्थानीय स्तरमा उत्पादन भएका विभिन्न तरकारी , खाद्य सामान तथा हाते कपडाहरु बिक्रीवितरण हुँदै आएको कृषि बजारमा पुर्व अर्थमन्त्रीको आगमनले बजार बिस्तार हुने र स्थानिय किसानको मनोबल बढाउने बजार व्यवस्थापन समितिका अध्यक्ष तिलक ढकालले धारणा राखे ।

हरेक शनिबार बिहान ६ बजेदेखि १२ बजेसम्म यहाँ देशभरका किसानहरुले उत्पादन गरेका स्थानीय रैथाने सामाग्रीहरुको किनबेच हुँदै आएको अध्यक्ष ढकालले जानकारी दिए ।

रैथाने बजारमा विभिन्न प्रकारका खाने कुराहरु पनि उपलब्ध छन स्थानीय स्तरमा उत्पादन गरिएका बिषादीरहित खाद्य सामाग्रीहरुको प्रयोग गरि बनाइएको खिर , सेल , तरकारी तथा जुसहरुको स्वाद यहाँ पुग्नेहरुले लिन सक्छन ।

रैथाने कृषि हाटबजारको अवलोकन गर्न पुगेका डा. लोहनीले रैथाने कृषि बजारले स्थानीय किसानको सामाग्री बिक्रीवितरणको व्यवस्था गरेर ठूलो काम गरेको बताए । किसानको जिवनस्तर उकास्न सरकारले गर्नुपर्ने बजारको व्यवस्थापन रैथाने कृषि हाटबजार व्यवस्थापन समितिले गरेको र किसानले आफुले उत्पादन गरेको सामाग्रीहरु बिक्री गर्न देखाएको उत्साह सम्मानयोग्य भएको भन्दै डा. लोहनीले खुशी व्यक्त गरे ।

डा. लोहनीले यस्ता बजारको व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने, किसानहरु लाई अनुदान र कम व्याजदरमा ऋण दिएर उत्पादन भएका सामानहरुको बिक्रि गर्न बजार सरकारले व्यवस्था गर्नुपर्ने कुरामा जोड दिए।

दरबारमार्गमा रहेको यस रैथाने बजारमा पार्किङको समस्या रहेको छ भनी काठमाडौ महानगरपालिकाले पनि स्थानीय सरकारको दायित्व निर्वाह गरेको देखिदैन । जसले गर्दा किसानहरुले सरकार किसानको पक्षमा नरहेको महसुस गर्ने गरेका छन भनी अनुदानमा चरम अनियमितताले गर्दा उनिहरु लाई निराश बनाएको छ । यसतर्फ तिनै तहका सरकार जिम्मेवारी हुन जरुरी देखिन्छ ।














