असोज २, २०८१ काठमाडौ ।
काठमाण्डौ महानगरपालिका वडा नं.-८ ले पारा ओलम्पिकमा ऐतिहासिक कास्य पदक बिजेता पलेशा गोवर्धन तथा मुख्य प्रशिक्षक कबिराज नेगी लामा नगद सहित सम्मान गरेको छ ।


वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष आशामान संगतले वडाको तर्फबाट नगद रू ५१ हजार र प्रमाणपत्र सहित उनीहरू लाई सम्मान व्यक्त गरेका हुन ।

नेपालले पहिलोपटक ओलम्पिकमा अन्तराष्टिय पदक जितेको हो । यसरी सम्मान र माया पाउँदा जिम्मेवारी थपिएको महसुस भएको पलेसाले धारणा राखिन् ।

सरकारले खेलाडीहरुको मनोबल उच्च बनाउन सक्नुपर्छ भन्दै उनले पदकको आशा राख्दा तयारी पनि त्यस्तै हुनुपर्ने कुरामा जोड दिएकी छन । मुख्य प्रशिक्षक लामाले आफ्नो मेहनत साकार भएकोमा खुशी व्यक्त गरे । उनले सरकारले खेलकुद लाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने कुरामा पनि जोड दिए ।












