असोज २,२०८१ काठमाडौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई आफूलाई पक्राउ गरेर देखाउन चुनौती दिएका छन्। पार्टीले मनोनित गरेका ४० वर्ष मुनिका २० जना केन्द्रीय सदस्यहरू मध्या काठमाडौंमा उपलब्ध भएका केन्द्रिय सदस्य लाई जिम्मेवारी पत्र दिने कार्यक्रमा बोल्दै आफू यो संविधानमा भएको व्यवस्थको विरोधी भएको बताए। सरकारले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन देखि राजेन्द्र महतो सम्म लाई निगरानीमा राखेको छ ।

उनले भने, भोलि संविधान दिवस छ, संविधान विरोधी पार्टीका नेताहरुलाई सरकारले नोटिसमा राखेको छ रे। त्यसमा राजेन्द्र लिङ्देन पनि छ रे,  म प्रधानमन्त्री समेत रहेका केपी ओलीको सरकारलाई चुनौतीको भाषामा भन्न चाहन्छु,

यो संविधानले व्यवस्था गरेको गणतन्त्र ,संघीयता र धर्मनिरपेक्षताको विरोधी हो राजेन्द्र लिङ्देन। त्यसको विरोध गर्छ,विपक्षमा छ, सके पक्राउ गरेर देखाउँ , हामीले कुनै अराजकतामा भविष्य खोजेका छैनौं। त्यसैले हामीले संयमिता अपनाइरहेका छौं। यसलाई कमजोरी ठाने र उत्तेजित पार्न खोजे नतिजा नराम्रो हुने लिङदेनले चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय