भाद्र ३१, २०८१ काठमाडौं ।
संवैधानिक परिषद्को बैठकले वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । सोमबार साझ बसेको परिषद्को बैठकले उनलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।


प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकाश हुँदैछन् । श्रेष्ठपछि दोस्रो वरीयतामा रहेका राउत प्रधानन्यायाधीश नियुक्त भएमा उनले १८ महिना न्यायपालिकाको नेतृत्व गर्नेछन् ।
संवैधानिक परिषद्ले सिफारिस गरेपछि उनको संसदीय सुनुवाइ हुनेछ । संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि मात्र राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।












