भाद्र २७, २०८१ उदयपुर।

उदयपुरको त्रियुगा नगरपालिका -३ मा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्र भुल्केमा बिरामीको चाप बढेको छ ।

चाडबाड नजिकिँदै गएको र गर्मी अत्यधिक बढेसगै उपचारमा आउनेहरूको चाप बढेको व्यवस्थापन समितिकी अध्यक्ष पवित्रा गिरीले बताइन ।

सर्प, बिच्छी र अन्य विषालु जीवहरूलाई टोकेका बिरामीहरू उपचारका लागि यहाँ आउने गरेका छन् । खोटाङ, सुनसरी, उदयपुर लगायतका स्थान बाट उपचारका लागि बिरामीहरू यहां आउने गरेको उपचार केन्द्रले जनाएको छ ।

नेपाली सेनाको विशेष निगरानीमा उपचार हुने भएपनि आवश्यक उपकरणको अभावले कहिलेकाहीं समस्या हुने गरेको व्यवस्थापन समितले जनाएको छ ।

सर्वसाधारणको सहज पहुँच हुने भएकोले बिरामीको सधै चाप हुने भुलके उपचार केन्द्रमा आवश्यक बेड, अक्सिजन सिलिन्डर, एम्बुलेन्स र अन्य उपकरणहरूको व्यवस्थापन गर्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण हुन जरुरि छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय