भाद्र २६, २०८१ काठमाडौ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राखेपको ६१ औं वार्षिकोत्सब एक बिशेष समारोहका बीच उदघाटन कार्यक्रम सम्पन्न भएको छ ।


सो अवसरमा राखेपका अध्यक्ष , युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी , राखेपका सदस्य सचिव टंकलाल घिसिङ खेलाडी, प्रशिक्षक, कर्मचारी, स्थानिय तह, प्रायोजक र राष्ट्रिय खेल संघका खेलाडी तथा प्रशिक्षकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलिले नेपाल खेदकुदमा नयाँ युगमा प्रवेश गरेको बताए । उनले अन्तरास्ट्रिय स्तरमा नेपाल भर्खरै प्राप्त गरेको पदक सबै नेपालीको लागि गर्वको बिषय भएको स्मरण गराए ।

राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा राखेपका पुर्व सदस्य–सचीव खेलाडी र प्रशिक्षकहरु लाई सम्मान समेत गरिएको थियो ।















