भाद्र २६,२०८१ काठमाडौं।

काठमाडौँ महानगरपालिकाले आजदेखि प्रविधिमा आधारित ‘एकल सेवा केन्द्र’ सुरु गरेको छ । सेवा लिन आएका नागरिकले केन्द्रबाट सेवा प्राप्त गर्ने प्रक्रिया, आवश्यक पर्ने कागजात, भेट्नु पर्ने अधिकारीका सम्बन्धमा जानकारी पाउन सक्नेछन। जानकारी लिएर मात्र पुग्ने भए केन्द्रबाट काम सकिनेछ ।

केन्द्रमा पुगेर टोकन लिएपछि मात्र विभागबाट सेवा प्राप्त गर्न सकिने भएकोले यसपछि महानगरपालिकामा सेवा लिन पुग्ने सेवाग्राहीले सबैभन्दा पहिले केन्द्रमा पुगेर टोकन लिनु पर्छ । यसपछिको सेवाका बारेमा केन्द्रबाट जानकारी हुनेछ ।

यो शुरुवात फलदायी भए, यसपछि केन्द्रलाई पहुँचयुक्त बनाउन सांकेतिक भाषाका अनुवादकको व्यवस्था गर्ने योजना पनि महानगरले बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय