भाद्र २१,२०८१ काठमाडौ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संविधान संशोधनका बारेमा अन्य दलहरु सँग छलफल गर्न तीन सदस्य कार्यदल गठन गरेको छ । अध्यक्ष महन्त ठाकुरको नेतृत्वमा बुधबार र बिहीबार काठमाडौंमा बसेको केन्द्रीय पदाधिकारी बैठकले लक्ष्मणलाल कर्ण संयोजक रहेको कार्यदल गठन गरेको हो । कार्यदल सदस्यमा दानबहादुर विश्वकर्मा र परमेश्वर साह छन् ।

‘संविधान संशोधनको लागि विगतमा उठाइएका मधेशका सबै मुद्दाहरुको संकलन गर्दै मधेशी, थारू र अन्य उत्पीडीत जनताको अधिकार कायम गराउन सरोकारवाला सबै दलहरु सँग सहकार्यको लागि’ कार्यदल बनाउने निर्णय गरिएको लोसपाले स्पष्ट पारेको छ । लोसपा नेपालले लक्ष्मण लाल कर्णको संयोजकत्वमा दान बहादुर विश्वकर्मा र परमेश्वर साह सदस्य रहने गरी ३ सदस्यीय कार्यदल बनाउने निर्णय गरेको हो ।

बैठकले केन्द्रीय समितिलाई महाधिवेशन तयारी मूल समितिमा परिणत गर्ने निर्णय गरेको छ । साधारण सदस्यताको लागि सदस्यता अभियान कार्तिक मसान्तसम्म चलाउने निर्णय पनि भएको छ । लोसपाले २०८२ बैशाख २६ गते महाधिवेशन गर्ने निर्णय समेत गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय