भाद्र २०, २०८१ सोलुखुम्बु
गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढिका कारण क्षतबिक्षत भएको सोलुखुम्बुको थामे क्षेत्र पुनः लयमा फर्कन थालेको छ । २ वटा हिमताल फुटेर बाढी आएका कारण बिग्रेका बाटोहरु बनाउन पालिकाले सक्रियता देखाए पछी स्थानियबासीहरुको पनि सहयोगमा अहिले धमाधम निर्माण कार्य जारी छ ।


पर्यटकीय सिजन सुरु भएसगै थामे बाढीको कारण क्षेतीग्रस्त सगरमाथा क्षेत्र जाने एभरेष्ट ट्रेकिङ ट्रेल अन्तर्गत ठाडोकोशी देखी युल्ङिङ (घाट) जोड्ने, टोक टोक देखि बेङकर जोड्ने र जोरसल्ले देखी लार्चा दोभान जोड्ने पदमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । खुम्बु पासाङल्हामु गाउॅपालिकाले जनाएको छ ।

पालिकाको बिपद्व कोष बाट बजेट खर्च हुने गरि बिनियोजित बजेटबाट स्थानिय टोल बिकास संस्थाहरूको नेतृत्वमा पदमार्ग निर्माण कार्य तीब्र रुपमा भईरहेको हो ।














