भदौ १४, २०८१ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिमका महामन्त्री पारस बाहुनलाई पदबाट बर्खास्त गरेको छ । प्रदेश सभापति प्रकाश विष्टले महामन्त्री पारसलाई पदमुक्त गरेका हुन् । पारस गत पुसमा सुदूरपश्चिमको महामन्त्रीमा मनोनीत भएका थिए ।

केन्द्रीय समितिले केन्द्रीय महामन्त्री मुकुल ढकाल लाई साधारण सदस्य समेत नरहने गरी पार्टी बाट निष्कासन गरे लगत्तै सुदुरपश्चिममा महामन्त्री कारवाही परेका छन् ।













