भाद्र १२, २०८१ काठमाडौं ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विधिसम्मत गरिएका कामहरूमा ठेकेदारको भुक्तानी नरोकिएको दाबी गरेका छन् । त्यस्तो आयोजनाको भुक्तानी नरोकिने समेत उनले स्पष्ट पारे ।संसदमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले रुग्ण आयोजनाको पुनःप्राथमिकिकरण गर्नुपर्ने बताए ।

बहुवर्षीय ठेक्कामा रुग्ण उद्योगको वर्षौंदेखि अलपत्र परोको आयोजनाहरू अहिले पनि रहेको उनले बताए । पर्याप्त स्रोतको अभावमा लामो समयसम्म कार्यान्वयन हुन नसकेको र समिति स्रोत व्यवस्था गर्दै वर्षौंसम्म कार्यान्वयन गर्न नसकिने योजनाको चाङ छ,’ अर्थमन्त्री पौडेलले भने, ‘बहुवर्षीय योजनाको पुनर्वर्गीकरण गरेर आवश्यक हो वा होइन विश्लेषण गरी कुन लाई स्रोत सुनिश्चितता गर्ने कसलाई स्थगित गर्ने भनेर सोच्ने बेलामा आएको  धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय