भाद्र ११, २०८१ सोलुखुम्बु ।

सोलुखुम्बु जिल्लाको दक्षिणी भेगमा रहेको नेचासल्यान गाउँपालिका – ४ स्थित फुर्के पोखरीमा श्रीकृष्ण जन्म अष्टमीको अवसरमा मेला आयोजना गरिएको छ ।

आन्तरिक पर्यटन प्रबर्द्धन गर्दै आपसी भाइचारा बढाउने उद्देश्यले मेला आयोजना गरिएको हो । फुर्के पोखरामा पुगदा यहाँको शान्त र प्राकृतिक दृश्यले जो कोहिलाई आन्नदको महसुस हुने गरेको छ ।

श्रीकृष्ण जन्माअष्टमीको उपलक्ष्यमा स्थानियले धामीझाँक्री सहित आफ्नो कला सस्कृतिको प्रदर्शन गरेका छन । गाउँपालिकाले पनि आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढाउन निरन्तर काम गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय