भाद्र ११, २०८१ काठमाडौं।

गएको एक वर्षमा वैदेशिक रोजगारीमा गएका १३ सय जनाभन्दा बढी नेपाली श्रमिकले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक भएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष ०८०/०८१ मा वैदेशिक रोजगारमा गएका १ हजार ३४६ श्रमिकले ज्यान गुमाएका छन्  ।

यो तथ्यांक स्विकृति लिएर गएर मृत्यु भएका श्रमिकहरुको संख्यामात्रै हो । बोर्डका अनुसार गत आर्थिक वर्ष ०८०/०८१ मा वर्ष सबैभन्दा धेरै विभिन्न रोग र विरामीका कारण श्रमिकको ज्यान गएको छ । जसअनुसार ३२१ जनाको विरामी र रोग लागेर भएको छ । गत एक वर्षमा हृदयघातबाट १९९ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै १९२ जनाको आत्महत्या, १५७ जनाको प्राकृतिक मृत्यु, १५७ जनाको सडकमा दुर्घटनाबाट ज्यान गुमेको छ । त्यस्तै ९२ जनाको अन्य कारण र ४६ जना कार्यस्थलमा दुर्घटनामा परेर ज्यान गुमाएका छन् ।

बोर्डका अनुसार ज्यान गुमाउनेमा सबैभन्दा धेरै मलेसिया र खाडी राष्ट्रहरुमा छन् । खाडीका राष्ट्र कतार, साउदी, यूएई, कुबेत, ओमनमा श्रमिकको मृत्युदर धेरै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय