भाद्र १०, काठमाडौं ।

पुर्वउपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाद्वारा लिखित “कुटनिति र भुराजनिती ” पुस्तकको प्रधानमन्त्री केपि शर्मा ओलिले बिमोचन गरेका छन । पुस्तक बिमोचन समारोहमा मन्तव्य राख्दै थापाले चीनसँगको परावहन सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दै राष्ट्रिय हित र स्वाभिमानका सवालमा अन्तर्राष्ट्रिय मञ्चमा खुलस्त र निडररुपमा कुरा राखिरहन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रबुद्ध व्यक्तिहरुको समूह (ईपीजी)को प्रतिवेदन बुझ्न भारतीय पक्षलाई आग्रह गरेका छन् । पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाद्वारा लिखित ‘कूटनीति र भूराजनीति’ पुस्तक विमोचन गर्दै ओलीले प्रतिवेदन बुझेपछि सीमा विवाद लगायत विषयमा थप संवाद गर्न सहज हुने स्पष्ट बताए ।

नेपाल र भारतबीचको शीर्ष तहको सहमतिबाट सन् १९५० का सन्धीलगायतका विषयमा पुनरावलोकनका लागि गठित समितिले तयार गरेको प्रतिवेदन बुझ्न भारत लामो सयमदेखि उदासीन छ । प्रधानमन्त्री ओलीले २०७२ सालमा भारतले नेपाललाई नाकाबन्दी लगाएका बेला आफू प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारबहन सन्धी गरेको स्मरण गर्दै त्यो युगान्तकारी काम भएको पनि स्मरण गरे । ओलीले छिमेकी मुलुकका बीचमा यदाकदा समस्याहरु देखिनु सामान्य भएकाले ती विषयमा खुलस्तरुपमा संवाद गरेर समाधान गर्न सकिने पनि बताए ।

प्रधानमन्त्री ओलीले जायज र न्यायोचित राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गरेर तथ्य–प्रमाणका आधारमा समाधान खोजिएमा समस्या उत्पन्न नहुने बताए । नेपालले तटस्थता र शान्तिपूर्ण समाधानको बाटो खोज्ने र संयुक्त राष्ट्रसङ्घका सिद्धान्तको पालना गर्ने प्रधानमन्त्री ओलीले बताए ।

विश्वशान्ति र आफ्ना नागरिकको सुरक्षाका सवालमा संवेदनशील रहेको भन्दै प्रधानमन्त्रीले कुनै पनि देशले आफ्नो स्वार्थका लागि अरुको स्वाभिमानाका धक्का लगाउने काम नुहनबताए । प्रधानमन्त्री ओलीले देशभित्रको कमजोरी र स्वार्थ लुकाउन ‘भूराजनीति’को प्रभाव भनेर पन्छिन नहुने स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय