सोलुखुम्बुको नेचासल्यान गाउँपालिका स्थानिय तह स्वमुल्याङ्कनमा जिल्लामै प्रथम भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विहीबार आर्थिक वर्ष २०७९/८० अन्तर्गत सार्वजनिक गरेको स्वमुल्याङ्कनमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ७९ दशमलव ७५ अङ्क प्राप्त गर्दै   जिल्लामै प्रथम  पालिका भएको हो ।

यस्तै स्वमूल्याङकनका आधारमा जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिका दोश्रो भएको छ ।  नगरपालिले ७८ दशमलव २५ अङ्क प्राप्त गर्दै दोश्रो भएको हो । यस्तै खुम्बु पासाङल्हामु गाउँपालिका स्वमुल्याङ्कनमा ७५ अङ्क ल्याएर तेश्रो भएको छ । थुलुङ दुधकोशी गाउँपालिका ६६ दशमलव २५ अङ्क प्राप्त गर्दै चौथो भएको छ । यता महाकुलुङ गाउँपालिका ५४ दशमलव ५४ अङ्क प्राप्त गर्दै पाचौँ, माप्य दुधकोशी गाउँपालिका ४२ दशमलव ५० अङ्क प्राप्त गर्दै छैटौँ, लिखुपिके गाउँपालिका ३३ दशमलव ७५ अङ्क प्राप्त गरि सातौँ र सोताङ गाउँपालिका २७ दशमलव २५ अङ्क प्राप्त गर्दै आठौँ स्थानमा रहेका छन् ।

मन्त्रालयले स्थानीय तहमा जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धा प्रवर्द्धन गर्दै सुशासन कायम गर्ने उद्देश्यले शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन तथा सहकार्य र समन्वयमा विभिन्न सूचक राखेर अङ्कभार निर्धारण गरेको छ ।

  

स्थानीय तहहरुले गरेको स्वमूल्यांकनलाई जिल्ला समन्वय समितिले हेर्ने गर्दछ ।  त्यसपछि संघीय सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुणस्तर परीक्षण गर्ने गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय