भदौ ६, काठमाडौं ।
सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले केही शर्तहरु राखेर टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।


यो नीतिगत निर्णय कार्यान्वयनका लागि टिकटकले सूचना प्रविधि तथा सञ्चार मन्त्रालयसँग सम्झौता गर्नुपर्नेछ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, नीतिगत रुपमा खुल्यो तर त्यो कार्यान्वयनमा आउन हाम्रो शर्त पूरा गर्नुपर्छ । उनका अनुसार हरेक सामाजिक सञ्जाल अब ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८०’ को दफा ३ अनुसार मन्त्रालयमा सूचिकरण हुनुपर्छ । त्यसपछि दफा ६ अनुसार प्वाइन्ट अफ कन्ट्रयाक्ट तोक्नुपर्छ ।

छलफलमा टिकटकका प्रतिनिधिहरु नेपालमा सूचिकरण हुन र प्वाइन्ट अफ कन्ट्रयाक तोक्न सहमत भएका छन । भाषाहरु फिल्टरिङ तथा मोडरेसनको सुनिश्चितता गर्नुपर्छ सञ्चारमन्त्री गुरुङले भने, हिजो जे कारणले टिकटक बन्द गरिएको हो, त्यस्तो परिस्थिति कुनै पनि नआउने गरी फिल्टरिङ हुनुपर्छ ।गालीगलौजका साथै सामाजिक दुर्भावना फैलाउने, सामाजिक अपराध फैलाउने भाषा प्रयोग हुन नहुने सरकारले बताएको छ । मन्त्री गुरुङले यो अरु सञ्जालको हकमा पनि लागू हुने स्पष्ट पारेका छन ।












