भाद्र २, काठमाडौं।

वैदेशिक रोजगार विभागको महानिर्देशक फेरिएका छन् । विभागको महानिर्देशकमा सहसचिव सूर्यबहादुर खत्रीले जिम्मेवारी पाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालय अन्तरतबाट खत्रीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको थियो ।

मन्त्रालयले खत्रीलाई विभागको महानिर्देशकका रुपमा आईतबार बाटै काम गर्न खटाएको छ । हाल उनी अर्घाखँचीमा प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत थिए ।

विभागको महानिर्देशक रहेका डन्डुराज घिमिरे मन्त्रालयमा तानिएका छन् । करिब ७ महिना विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेपछि उनी मन्त्रालयमा फिर्ता भएका हुन् । उनी करिब ३ वर्षदेखि श्रम मन्त्रालय र अन्तरगतका निकायमा कार्यरत छन् ।

सहसचिव प्रदीपराज कोइराला पनि हालै मन्त्रालय सरुवा भएर आएका छन् । अब घिमिरे र कोइरालाले के जिम्मेवारी पाउँछन् त्यो भनी तय भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय