सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर -५ थामे क्षेत्रमा आज दिउँसो १:२५ बजे आएको लेदो सहितको बाढीले ठूलो धनमालको क्षति भएको गाउँपालिका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले बिज्ञप्ति मार्फत बताएका छन ।

शेर्पाका अनुसार १ बिधालय होस्टेल, १ क्लिनिक , ५ वटा होटेल र ७ वटा घर गरि १४ वटा भवन पुर्ण रुपमा बगेका छन भनि अन्य घरहरुमा पनि बाढी पसेर नोक्सानी भएको छ ।

गाउँपालिकाले खराब मौसमका कारण उद्दारमा समस्या भएको भन्दै भोलि बिहानै बाट सबैलाई खटन समेत अनुरोध गरेको छ । संघ , प्रदेश र स्थानिय प्रशासनका साथै सरकारी र गैरसरकारी निकायहरु लाई समेत आवश्यक सहयोग गर्न पालिकाले बिज्ञप्ति मार्फत आव्हान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय