श्रावण ३२ , सोलुखुम्बु ।

जल तथा मौसम विज्ञान विभागले सोलुखुम्बुको थामे गाउँमा आएको बाढीबाट सतर्क रहन तल्लो तटीय क्षेत्रका बासिन्दाहरु अनुरोध गरेको छ ।

विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै सोलुखुम्वुको जोरसल्लेदेखि तल दूधकोशी किनार क्षेत्रमा हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा गएर बस्न अनुरोध गरेको हो ।
त्यस्तै गृह मन्त्रालय अन्तरगत विपद् व्यवस्था महाशाखा प्रमुख भीष्मकुमार भूसालले सोलुखुम्बुको थामे क्षेत्रबाट बाढीले थामे गाउँमा ठुलो क्षति पुर्याएको हुन सक्नै भन्दै तल्लो तटीय क्षेत्र अन्तरगतका दिप्लिघाट , कुइभिर, दियाले, पोखरे, भदौरे, रबुवाघाट, तलुवा, मोली, वाक्सा, जयरामघाटसम्म सतर्कता अपनाउन समेत अनुरोध गरेका छन् ।
यसैबीच अहिले सेना ,प्रहरी, स्थानियबासी र जनप्रतिनिधिहरुको टोलिले आवश्यक उद्दारको काम गरिरहेको भएपनी थप विवरण आउन बाकी रहेको छ ।














