आज दिउँसो भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनामा परी ज्यान गुमाएकी स्कुटर चालकको अझै पहिचान खुल्न सकेको छैन।

बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघरमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको थियो।
प्रत्यक्षदर्शीका अनुसार, कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको तीव्र गतिको ट्रकले ट्राफिक चेकिङका लागि रोकिराखेको स्कुटरलाई ठक्कर दिएको हो।

ट्रकले स्कुटरलाई करिब एक सय मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन्। दुर्घटनापछि घटनास्थलमा झोला र किताब–कापी फेला परेको छ। आक्रोशित भीडले ट्रकमा तोडफोड गरेका छन , जसका कारण भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात अवरुद्ध भएको थियो। दिउँसो देखि अवरुद्ध सडक साँझ मात्र  सञ्चालनमा आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय