श्रावण २९, काठमाडौं।
राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक निर्माण व्यवसायी संगठनको भेला आज काठमाण्डौंमा सम्पन्न भएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भेलाको उद्घाटन गर्दै निर्माण व्यसायीहरुको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने बताएका छन ।


उनले , सरकारले ठेक्का खोल्ने ,काम लगाउने अनि काम गरेको पैसा समयमा नदिँदा व्यवसायीहरु मारमा परेको तर्फ सरकारले ध्यान दिनुपर्ने कुरामा जोड दिए।

राप्रपाका पूर्व अध्यक्षद्वय पशुपति शम्सेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष हेमजुङ्ग गुरुङ महामन्त्री राजेन्द्र गुरुङ् लगाएतले भेलालाई सम्बोधन गर्दै निर्माण क्षेत्र चलाएमान बनाउनुपर्ने धारणा व्यक्त गरे ।

संगठनका अध्यक्ष टोपबहादुर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा निर्माण व्यवसायीहरुले निर्माण क्षेत्रमा देखिएको समस्या, बैंकको चर्को व्याजदर ,मूल्यवृद्धि र झन्झटिलो सरकारी भुक्तानी प्रक्रियाका कारण भोग्नुपरेको समस्या लगायतका विविध विषयमा खुलेर कुरा राखेका छन् ।












