सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न बुद्ध एयरमा विशेष छुटको अफर गरेको छ ।

कम्पनीको भिसा डेबिटर र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा बुद्ध एयरको टिकटमा ८ प्रतिशत छूट प्राप्त गर्ने छन्। छुटका लागि ग्राहकहरुले बुद्ध एयरको कार्यालय वा त्रिभुवन विमानस्थलको काउन्टरबाट भुक्तानी गर्नुपर्नेछ ।

कम्पनीले यसैगरी ग्राहकहरुलाई विभिन्न छूट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको बताएको छ । छूटको विस्तृत विवरण वेबसाईटमा उपलब्ध रहेको कम्पनीले बताएको छ। कम्पनीले देशका सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटीएमहरु सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय