साउन २७ सल्लेरी , सोलुखुम्बु ।

 विद्युत मर्मतका क्रममा मृत्युवरण गरेका परिवारलाई २५ लाख दिन सल्लेरी च्याल्सा बिधुत्त कम्पनी सहमत भएको छ । शनिबार विद्युत लाइन मर्मतका क्रममा ज्यान गुमाएका विष्णु राईका परिवारलाई सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडले   जीवन निर्वाहका लागी २५ लाख  रकम उपलब्ध गराउने निर्णय भएको गरेको छ ।

जसमा  तत्काल १० लाख रुपैयाँ उपलब्ध गराउने र १५ लाख रुपैयाँ मङ्सिरमा हुने कम्पनीको साधारण सभाबाट निर्णय गरि भुक्तानी दिने कम्पनी श्रोतले जनाएको छ । यस्तै मृतक राईका  परिवारमा रहेका २ छोरा छोरीको पढाइका लागी कम्पनीको नियम अनुसार बोर्डमा निर्णयका लागी प्रस्ताव लैजाने समेत सहमति भएको जनाइएको छ ।  

सल्लेरी च्याल्सा विद्युत कम्पनीका बोर्ड सदस्यहरू सहित प्रबन्ध निर्देशक भोजराज तिवारी, मृतक परिवार तथा घाइतेहरूका परिवारका तर्फबाट बसेको समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  मृतक परिवारलाई २ सय ५० युनिट सम्मको विद्युत उपभोगमा ५० प्रतिशत छुट दिने, मृतकका परिवारको सदस्यलाई रोजगारीका लागी र आगामी दिनमा यस्ता घटना घट्न नदिनका लागी बोर्डमा छलफल गर्ने गरि सहमति भएको समन्वय समितिले स्पष्ट पारेको छ ।  

विद्युत मर्मतका क्रममा शनिबार राई सहित अन्य ३ जनालाई करेन्ट लागेको थियो । कम्पनीमा ४ प्राविधिकले विद्युत मर्मतका लागी मागेको समय अगावै विद्युत सुचारु गरिदिँदा लागेको करेन्टबाट उनीहरू मध्ये राईको घटना स्थलमै मृत्यु भएको थियो भने अन्य ३ जना घाइते भएका छन । घाइतेहरूको थप उपचारका लगी सोमबार काठमाण्डौ लगिने सहमति समेत भएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय