कोशी प्रदेशसभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री र  कलाकारसहित ११ जना हाइ प्रोफाइल जुवाडे काठमाडौंको गौरीघाट बाट पक्राउ परेका छन् । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक समेत रहेका पूर्वमन्त्री बुद्धि कुमार राजभण्डारीसहित ११ जनालाई प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

पूर्वमन्त्री राजभण्डारीका साथै, सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बिर बहादुर राई र कलाकार पुरुषोत्तम शर्मासहित ११ जना छन् । शर्मा टेलिसिरियल ‘सक्किगो निँ का कलाकार समेत हुन्  अन्य जुवाडेमा रवि श्रेष्ठ ,उत्तम कुमार राई, अनिश तामाङ,  दीपक खड्का ,  ठूला तामाङ , भिम बहादुर साम्बाहाम्फे, माधव थापा र राजु महत छन् ।


माधव थापा बिरामी रहेको अनुसन्धामा संलग्न एकजना अधिकृतले जानकारी दिए । उनिहरूको साथ बाट नगद एक लाख बरामद भएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय