साउन २७, काठमाडौ ।
बङलादेश तिर्व गतिमा बिकास गरिरहेको दक्षिण एसियाली राष्ट हो । बिगत केही समयदेखी बङ्लादेशमा भइरहेको गतिविधि सबै देशहरुका लागि चासोको बिषय बनेको छ ।


यहाँको घटनाले बहुमतको आडमा प्रजातन्त्र माथी खेलबाड गरेर जथाभावी गर्न खोजे जनताले सहदैनन भन्ने स्पष्ट पनि गरेको छ । जुन नेपालका नेताहरुले पनि चाडो बुझ्न जरुरी छ ।

यस परिवेशमा बङ्लादेशमा बस्ने अल्पसंख्यक हिन्दु, बुद्धिष्ट र अन्य समुदायको सम्पत्ति र धार्मिक आस्थाका केन्द्रहरुमा प्रहार हुनु सबैको लागि चिन्ताजनक स्थिति हो ।

हामी नेपालीहरु छिमेकी मित्रराष्ट्र बङ्लादेशमा चाडो राजनीतिक समस्या समाधान होस र देश उन्नतिको पथमा फेरि तीब्र गतिमा अगाडि बढोस भन्ने चाहना राख्दछौ ।

साथै अल्पसंख्यक माथी भएको दुर्ववहारको नयाँ सरकारले नियन्त्रण गरि बङ्लादेशले धार्मिक सहिष्णुता आर्थिक उन्नति र प्रजातान्त्रिक बिकासको नंया अध्याय सुरु गर्न सफल होस भन्ने कामना गर्दछु ।

डा. प्रकाशचन्द्र लोहनी
अध्यक्ष , निर्देशन समिति राप्रपा











