सोलुखुम्बु जिल्लाको लिखुपिके गाँउपालिका वडा नम्बर -५ भकान्जेकी ल्हाक्पा डोमा शेर्पा हिमालयन टेलिभिजन बाट प्रसारण हुने भ्वाईस अफ किड सिजन – ३ को फाइनल राउण्डमा प्रवेश गरेकी छन ।


हिमाली जिल्ला सोलुखुम्बुको लिखुपिके भकान्जे बाट पहिलो पटक भ्वाईस अफ किड्स सिजन ३ काे भेटल राउन्डबाट लाइभ शोमा प्रवेश गरेकी आफ्नो छोरी लाई भोट गरेर सहयोग गरिदिन उनका बुबा ल्हाक्पा ओङछु शेर्पाले सबै इष्टमित्र, गाउँपालिकाबासी ,जिल्लाबासी र शुभचिन्तकहरु सग अनुरोध गरेका छन ।

ल्हाक्पा डोमा शेर्पाले भ्वाईस अफ किड सिजन ३ काे भेटल राउन्डबाट लाइभ शोकाे स्थान हासिल गरेपछि अहिले उनलाई भोट माग्ने र सहयोग गर्नेहरू बढदै गएका छन् । शेर्पाको प्रतिभाको यतिबेला सबैतिर चर्चा भइरहेको छ।











