बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाविरुद्ध आन्दोलनको नेतृत्व गरेका दुई विद्यार्थी नेता बंगलादेशको नवगठित अन्तरिम सरकारमा मन्त्री बनेका छन् । हसिनालाई सत्ताच्युत गरी देश छोड्न बाध्य पारेको आन्दोलनको अगुवाइ गरेका नाहिद इस्लाम सूचना प्रविधि तथा दूरसञ्चारमन्त्री र असिफ महमुद युवा तथा खेलकुदमन्त्री बनेको बंगलादेशी सञ्चार माध्यमहरुले लेखेका छन ।


नाहिद आरक्षण सुधार आन्दोलनका मुख्य नेतामध्ये एक थिए । यो आन्दोलन पछि शेख हसिनाको सरकारविरोधी आन्दोलनमा परिणत भएको थियो ।

सन् १९९८ मा ढाकामा जन्मेका नहिद ढाका विश्वविद्यालयमा सन् २०१६ देखि समाजशास्त्र अध्ययनरत छात्र समेत हुन् । आसिफ विभेदविरुद्ध विद्यार्थी आन्दोलनका अर्का समन्वयकर्ता हुन ।
बंगलादेशमा अन्तरिम सरकारको प्रधान सल्लाहकार पदमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले शपथ लिइसकेका छन् । उनी कार्यभार सम्हाल्न बिहीबार स्वदेश फर्केका थिए । विद्यार्थी आन्दोलन चर्किएपछि शेख हसिना वाजेद प्रधानमन्त्री पदबाट राजीनामा दिएर भारतको शरणमा पुगेकी छिन् । पछिल्लो समय अल्पसंख्यक हिन्दुहरु माथी बंगलादेशमा आक्रमणका घटनाहरु बढी रहेका छन ।











