साउन २३ , काठमाडौ ।

काठमाडौं बाट रसुवाको स्याप्रुबेँसीका लागि उडेको ३ मिनेटमै सम्पर्कविहीन भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका(७) सूर्यचौरमा दुर्घटनामा परेको हो । हेलिकप्टरमा ५ जना सवार रहेको बताइएको छ । दुर्घटनामा पाँचै जनाको मृत्यु भएको छ ।

हेलिकप्टर अरुण मल्लले उडाएका थिए । जसमा चार चिनियाँ नागरिकहरु सवार रहेको खबर प्राप्त भएको छ । घटनास्थलबाट ५ जनाको शव निकालिएको छ । चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका छन् ।

पर्यटनमन्त्री बद्री पाण्डे सिंहदबारबाट घटनास्थलमा पुगेका छन । आवश्यक सहयोगका लागि सेनाको हेलिकप्टर र नेपाल प्रहरीको टोलिपनी केही समयअघि घटनास्थलमा पुगेको बताइएको छ ।

खराब मौसममा कारण हेलिकप्टर दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ । केही समय अघि सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको १ महिना नपुग्दै अर्को हवाई दुर्घटना भएपछि फेरि नेपालको हवाई सेवामा प्रश्न खडा भएको छ ।











