साउन २२, २०८१ काठमाडौ ।
बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले संसद् विघटन गरेका छन् ।


गत जनवरी ७ मा निर्वाचनबाट बनेको संसद् विघटन गर्दै राष्ट्रपति शाहबुद्दिनका अनुसार बङगलादेश आर्मी, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नागरिक समाज र विद्यार्थी आन्दोलनका अगुवाहरूको सहमतिमा १२औं संसद् विघटन गरिएको जनाइएको छ ।

आरक्षण विरुद्धको विद्यार्थी आन्दोलन लाई हस्तक्षेप गरेरै छोडने निवर्तमान प्रधानमन्त्री शेख हसिनाको जिद्दीले अन्त्यमा उनैलाई देश छोडेर भाग्न बाध्या पारेपछि यतिबेला सेनाको हातमा देशको शासनसत्ता पुगेको छ ।












