लायन्स क्लब  काठमाडौ कुलदेबता ले आफ्नो स्थापना को तेस्रो बार्षिकउत्सव भव्यताका साथ मनाएको छ। डिस्ट्रिक 325 M अन्तरगतको क्लवले काठमाडौंमा आफ्नो स्थापना दिवस क्लवका गभर्नर लायन चन्डि प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ।

कुलदेवताका अध्यक्ष जनक राज पाठक को सभापतित्वमा सम्पन्न कार्यक्रममा 325 M का गभर्नर चन्डि प्रसाद अर्यालले लायन्सको आवस्यकता र औचित्यका सम्बन्धमा  प्रशिक्षणात्मक मन्तव्य दिदै जहाँ आवश्यकता त्यहा लायन्स,जहाँ दुख,पीडा र आवश्यकता हुन्छ त्यहा लायन्सले साथ दिने मात्र हैन सहयोग समेत गर्ने धारणा व्यक्त गरे।

क्लब स्थापनाको तेस्रो वर्षमै क्लवले दुख र पिडामा रहेका कयौको सेवा गर्न सफल भएको र यसले भविष्यमा अझ धेरै सामाजिक सेवामा उल्लेखनिय कार्यहरु गर्ने क्लवका अध्यक्ष पाठकले प्रतिवद्दता जनाउदै आफुहरु निरन्तर देेेश र जनताको सेवामा तल्लीन रहेको स्पष्ट पारे ।


गभर्नर अर्यालले लायन्स अन्तर्राष्ट्रिय स्तरमै सेवा को निमित्त गठन भएको पवित्र संस्था भयकोले हामिले पनि सोही अनुरुपका कार्यक्रमहरु तय गरि अगाडि वढन क्लव लाई निर्देशन समेत दिए । क्लबले आगामी १५ गते मानव सेवा आश्रम पशुपतिमा रहेका वृद्धवृद्वाहरु लाई खिर खुवाउने कार्यक्रम गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय