विश्वकै सबैभन्दा ठूलो खेल मेला पेरिस ओलम्पिक २०२४ भव्य समारोहका बीच आज उद्घाटन हुँदैछ  यो गृष्मकालीन ओलम्पिकको ३३ औं संस्करण पनि हो ।

पेरिसमा एक सय वर्षपछि ओलम्पिक आयोजना हुन लागेको हो । २०६ राष्ट्र र क्षेत्रका १० हजारभन्दा बढी खेलाडीले पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्नेछन् । उनीहरूले ३२ खेलको ३२९ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन ।

ब्रेक डान्सले पेरिस ओलम्पिकमार्फत ओलम्पिकमा डेब्यु गर्दैछ ।ओलम्पिक इतिहासमै यस पटक भिन्न तरिकाले उद्घाटन समारोह हुँदैछ । पेरिस ओलम्पिक २०२४ को उद्घाटन समारोह स्टेडियमभित्र हुने छैन । यो पेरिस स्थित सेन नदीमा हुनेछ ।खेलाडीहरूले डुङ्गामा चढेर मार्च पास गर्नेछन् ।

नेपालबाट टेबल टेनिसका श्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले उद्घाटन समारोहमा नेपालको झण्डा बोक्नेछन् ।

श्यान्टु दक्षिण एसियाली छनोट चरण पार गरेर ओलम्पिकमा छनोट भएका हुन् भने मनिता महादेशको कोटाबाट छानिएकी हुन् । नेपालबाट यस पटक ७ खेलमा ७ खेलाडी सहभागी हुँदैछन् । श्यान्टु र मनितासहित एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा तथा सुटिङकी सुस्मिता नेपाल रहेका छन् ।

एथ्लेटिक्स खेलाडी सन्तोषी बाहेक उद्घाटन समारोहमा नेपालका सबै खेलाडी उपस्थित हुनेछन् । सन्तोषीले प्रतिस्पर्धा गर्ने महिला म्याराथन अन्तिम दिन रहेकोले उनी जुलाई ३० मा मात्र पेरिस जानेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय