साउन ९, २०८१ काठमाडौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले हवाइ सुरक्षामा सरकारले पर्याप्त ध्यान नदिँदा बुधबार काठमाडौंमा विमान दुर्घटना भएको बताएकोछ ।
बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने पाइलट मनिषरत्न शाक्य घाइते भएका छन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार युरोपियन युनियनले ‘सेफ़्टी अडिट’मा सुधार गर्न दिएका सुझावलाई सरकारले आलटाल गरेकाले यति ठूलो दुर्घटना भएको बताए ।

सरकारले हवाइ दुर्घटनाको जाँचबुझका लागि आयोग गठन गर्नु स्वागत योग्य भए पनि यसले मात्र दीर्घकालीन समस्या समाधान नहुने राप्रपाले जनाएको छ ।











