त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दुर्घटना भएको सौर्य एयरको जहाज नियमित प्राविधिक परीक्षणका लागि पोखरा आउन लागेको खुलेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ह्याङ्गरमा बुधबारदेखि एक महिना राखेर जहाजको नियमित परीक्षण गर्न सौर्य एयरलाइन्सले निवेदन दिएको विमानस्थलका सूचना अधिकारी जशोदा रेग्मीले जानकारी दिइन । ‘हामीले बाइक, गाडीको नियमित सर्भिसिङ गर्छौं नि, त्यस्तै सौर्य एयरको जहाज पनि रूटिन चेकअपका लागि आजदेखि एक महिना पोखरा एयरपोर्टको ह्याङ्गरमा राख्न निवेदन दिएको थियो उनले भनिन्।

जहाजको प्राविधिक परीक्षणका लागि ह्याङ्गरमा राख्ने गरिन्छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ह्याङ्गर सुविधा उपलब्ध छ उनले बताइन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्य एयरको ९ एन–एएमई/सीआरजे २०० कलसाइन जहाज बुधबार बिहान ११ः११ मा दुर्घटनामा परेको हो । नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। बिमानमा सवार १८ जनाको शव संकलन गरिएको घाइते लाई उपचारको लागि केमसी र टिचिङ अस्पताल लगिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय