राष्टिय प्रजातन्त्र पार्टीको भातृसंगठन सनातन धर्म सस्कृति विभागले मैतीदेवी मन्दिर देखि पशुपतिनाथसम्म धार्मिक पैदलयात्राको आयोजना गरेको छ ।
नेपाल लाई वैदिक सनातन हिन्दुराष्ट्र कायम गराउनु पर्ने मुख्य माग राख्दै पैदलयात्रा गरिएको विभागका प्रमुख पुष्पराज पुरुषले बताए।


पैदलयात्रामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी,उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतका नेताकार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

आजको पैदलयात्रा लाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपाले आफ्ना एजेन्डा सम्बोधन गराउन सडक र सदनबाट सशक्त आवाज उठाइ रहेको जानकारी दिए । उनले भने हाम्रो प्राथमिकता सरकार हैन , देश र जनताको हित हो ।

त्यसैले देश र जनताको हितका लागि हामी निरन्तर आवाज उठाउछौ सरकार लाई खबरदारी गर्छौं लिङ्देनले भने ।













