श्रावण ३, २०८१ काठमाडौं ।

आव २०८१/८२ को मौद्रिक नीति शुक्रबार राष्ट्रबैंकले ल्याउने भएको छ । भोलि शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने गरी केन्द्रीय बैंकले नीतिको मस्यौदा तयार पारिसकेको छ । शुक्रबार बिहान बस्ने सञ्चालक समितिको बैठकले मौद्रिक नीति अनुमोदन गरी सार्वजनिक गर्ने छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीचको ‘ट्यूनिङ’ का कारण अर्थतन्त्र सुधार हुने र नयाँ मौद्रिक नितिले अर्थतन्त्र सुधारमा सहयोग पुग्ने गरी अपेक्षा गरिएको छ ।

राष्ट्र बैंकका सूचना अधिकारी डिल्लिराम पोखरेलले अहिले मौद्रिक नीति व्यवस्थापनाको बैठक बसिरहेको बताए ।
उनले भने, ‘अहिले व्यवस्थापनाको बैठक बसिरहेको छ । त्यसपछि नेपाल राष्ट्र बैंकको सञ्चालनक समितिले पनि मौद्रिक नीति पास गर्नुपर्‍यो । त्यसपछि मात्रै सार्वजनिक हुने जानकारी दिए।

नयाँ मौद्रिकनीति आउने भएपछी सेयर बजारमा रौनक आइरहेको देखिन्छ । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५९.६८ अकंले बढेर २४२४.३२ बिन्दुमा बन्द भएको छ । आज ३१२ कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ५४ करोड ८८ लाख ७३८ रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय