साउन ३,२०८१ काठमाडौं ।

चर्चित ५ तारे होटेल (द्वारिकाज होटल तथा रिसोर्टकी) सञ्चालक अम्बिका श्रेष्ठको ९१ वर्षको उमेरमा निधन भएको छ ।

उपचारको क्रममा बिहीवार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको निधन भएको हो ।

निमोनियाबाट पीडित श्रेष्ठ दुई महिनायता उपचाररत थिइन् । उनको भाेलि शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएकाे छ । तत्कालीन भारतिय बिदेशमन्त्री सुस्मा स्वराज लगायतका विशिष्ट व्यक्तिहरु नेपालको भ्रमणमा आउँदा यहाँ बसेका थिए ।

नेपालको होटेल तथा पर्यटन क्षेत्रमा ६५ वर्षदेखि सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्ण रूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । श्रेष्ठले चार वर्षअघि क्यान्सरलाई जितेकी थिइन् । उनका दुई छाेरीहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय