नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले साउन  ६ गते आइतबार प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । आउँदो आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्रीको सम्बोधनको कार्यसूची रहेको नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक तथा पूर्वमन्त्री महेश बर्तौलाले जानकारी दिए।

‘प्रधानमन्त्रीज्यूले साउन ६ गते सम्बोधन गर्ने कार्यसूची छ, सोमबार अपराह्न सम्बोधनको कार्यसूची तय भएको हो,’ बर्तौलाले भने। आइतबार प्रधानमन्त्री नियुक्त भएका ओलीले सोमबार पदभार ग्रहण गरेका गरेका हुन ।

उनको नियुक्ती विरुद सर्वोच्च अदालतमा रिट दायर भएको छ । रिटको सुनुवाई पनि ६ गतेबाटै सुरु हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय