चौथोपटक प्रधानमन्त्री बनेका  केपी शर्मा ओलीले पहिलो चरणमा नै सरकारलाई पूर्णता दिएका छन् । आफू सगै  २१ जना मन्त्रीहरूले शपथ ग्रहण गरेपछि मन्त्रिपरिषद् पूर्ण भएको  हो ।

संविधान संसोधन गर्न दुई तिहाईको राष्ट्रिय सरकारको चर्चा भए तापनि ओलीले चारवटा दलहरूलाई मात्रै सरकारमा लगे । कांग्रेस र एमालेसँगै जसपा र लोसपा सरकारमा जाँदा अन्य दल सरकारको दौड बाट बाहिरिएका छन् ।

२२ वटा मन्त्रालय सबै भरिएकाले अब संविधान अनुसार ३ जना राज्यमन्त्री मात्रै थप्न सकिन्छ । यसर्थ अन्य दलहरूको सरकारमा जाने सम्भावना करिब – करिब अन्त्य भएको छ ।

यसअघि सरकारको नेतृत्व गरेको माओवादी प्रतिपक्षमा रहने निश्चित नै थियो । चौथो ठूलो दल रास्वपाले पनि सरकारमा नजाने निर्णय गरिसकेको अवस्थामा पाँचौ दल राप्रपाले कुनै निर्णय लिएको थिएन ।

उपेन्द्र यादवको जसपा नेपाल, जनमत र रेशम चौधरीको नाउपा सरकारमा जाने दौडमा थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय