नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभामा सोलुखुम्बु बाट निर्वाचित सांसद मानवीर राई पहिलो पटकमै मन्त्री बन्न सफल भएका छन् ।


पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री बन्दा राई पनि उनको क्याबिनेटमा अटाउन सफल भएका हुन । मन्त्रिरिषद्मा उनलाई रक्षामन्त्रालयको जिम्मेवारी दिइएको छ । ओली क्याबिनेटमा १० जना सदस्यहरू नयाँ रहेका छन ।











