राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई चौथो पटक प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन्। आइतबार ५ बजेसम्मको समय दिएर बहुमत पुर्याएर प्रधानमन्त्रीमा दाबी गर्न आव्हान गरेको शिलतनिवासले स्पष्ट बहुमत सहित ओलिले दाबी पेश गरेपछि आज प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेको हो ।
![]()

शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीसहितका नेताले राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको दाबी पेश गरेका थिए ।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आह्वान गरेसँगै काग्रेस–एमालेले १६६ जना सांसदको समर्थनसहितको दाबी प्रस्तुत गरिसकेका छन ।

राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आइतबार साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्नेछन्। त्यस्तै आइतबार समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहणको कार्यक्रम राखिएको शितलनिवास श्रोतले जनाएको छ ।
प्रधानमन्त्री नियुक्त भएसगै सानो आकारको मन्त्री परिषद् गठन हुने एमालेले बताएको छ ।












