असार २८, काठमाडौ ।
१८ महिने कार्यकालमा पाँचौ पटक बिश्वासको मत मागेका प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड ) ले यो पटक बिश्वासको मत गुमाउँदै पदमुक्त भएका छन् ।


प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका छन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार आजको बैठकमा विश्वासको मत मागेका थिए ।

२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पर्यो । उनको विपक्षमा १९४ मत पर्यो भनी मत दिन्न भन्नेमा १ मत परेको हो।

उनलाई आफ्नै दल माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले मात्र मत दिएका छन भनी नेमकिपाले मत दिन्न भन्ने मत दर्ता गरायो । ७ जेठमा चौथो पटक विश्वासको मत लिँदा १५७ मत पाएका प्रचण्डको पक्षमा यो पटक जम्मा ६३ मत मात्र पर्यो ।

यो पटक कांग्रेस र एमालेले नयाँ सरकार बनाउने सहमति गरेसँगै उनी अल्पमतमा परेका थिए । साना दलहरूले समेत यो पटक उनलाई साथ दिएनन् ।
आजको प्रतिनिधिसभामा प्रधानमन्त्रीले बिश्वासको मत लिदा देखिएका झलकहरु ।
















