असार २७, काठमाडौं ।

नेपाली कांग्रेसले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्विप जारी गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले भोलि २८ शुक्रबार गते विश्वासको मत लिने तयारी गरेपछि काङ्ग्रेसले ह्विप जारी गरेको हो ।  काङ्ग्रेस र एमाले बीच भएको नयाँ गठबन्धनका कारण प्रधानमन्त्रीले बिश्वासको मत लिनु परेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय