असार २५, काठमाडौ।
रुस भ्रमण गरेर राष्ट्रपति भ्लादिमिर पुटिन भेटेकोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् ।


अमेरिकी च्यानल सिएनएनका अनुसार मोदी-पुटिन भेटले शान्ति स्थापनामा सकस हुने तथा धेरै निराशाको कुरा भएको भन्दै उनले आलोचना गरेका छन् । रुसी राजधानी मस्को बाहिरको क्षेत्र नोभो ओगार्योभोमा रहेको आफ्नो आवास क्षेत्रमा मोदीसँग पुटिनले भेटेका थिए ।
उक्त भेटलाई जेलेन्स्कीले ‘विश्वको सबैभन्दा ठूलो लोकतन्त्रले विश्वको सबैभन्दा रक्ताम्य मस्कोको अपराधीलाई अँगालो हालेको’ भन्दै आलोचना गरेका थिए ।












