पुर्वराजा श्री ५ ज्ञानेन्द्र वीर बिक्रम शाहको ७८ औं जन्मउत्सब विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।


काठमाडौको नारायणहिटि दरबार अगाडि पुर्वराजाको जन्मोत्सवको अबसरमा शाही युबाशक्ती द्वारा आयोजित दिप प्रज्वलन कार्यक्रममा राप्रपा महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा.धवल शम्शेर राणाले राष्ट्रबादीहरु एक हुने समय आएको बताए ।

उनले नेपालको राजसंस्था प्रती आज पनि जनताको उत्तिकै श्रद्धाभाव रहेको भन्दै राजा जनता मिल्नुको विकल्प नरहेको स्पष्ट पारे । नयाँ सरकार बन्ने कुरा छ संविधान संसोधनको कुरा आएको छ आउनुस सबै मिलेर राजासहितको नवीन सम्झौता गरौं देशलाइ दलदलको खाडल बाट बाहिर निकालौ राणाले भने । दिप प्रज्वलन कार्यक्रम महामन्त्री राणा सगै प्रवक्ता सगुनसुन्दर लावती सहितका राप्रपाका नेताकार्यकर्ताहरु नारायणहिटि पुगेका हुन । राजाबादी विभिन्न संघसंगठनले विविध कार्यक्रम आयोजना गर्दै पुर्वराजाको जन्मउत्सव मनाएका हुन ।











